भारतमा दैनिक कोरोना संक्रमणदर एक लाखमा झर्यो, मृत्युदर पनि घट्दै



Download our app to get more features

भारत, २४ जेठ । भारतमा दैनिक कोरोना संक्रमण दरमा कमी आउन थालेको छ ।

भारतमा दैनिक ४ लाख नाघेको कोरोना संक्रमण दर पछिल्लो केहि हप्तादेखि निरन्तर घट्दै गएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६ सय ३६ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ८९ लाख ९ हजार ९ सय ७५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा कोरोनाका कारण २ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४९ हजार २ सय २९ पुगेको छ । 

यस्तै भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ करोड ७१ लाख ५९ हजार १ सय ८० जना स्वस्थ भएका छन् ।

भारतमा दैनिक संक्रमण दरमा कमी आउन थालेपछि महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायत विभिन्न राज्यमा जारी लकडाउन खुकुलो बनाउन थालिएको छ । 

राजधानी दिल्लीमा मेट्रो रेल सुरु भएको छ भने महाराष्ट्रमा पनि स्वास्थ्यका मापदण्ड लागू गरेर सेवाहरुमा छुट दिइएको छ ।

Last modified on 2021-06-07 13:10:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts