विश्वभर दैनिक संक्रमित थपिने दर घट्दै, मृत्यु हुनेदर अझै ९ हजारभन्दा बढी

एजेन्सी, २३ जेठ । विश्वभर कोरोना भाइरसका कराण संक्रमित हुनेको संख्या १७ करोड ३७ लाख नाघेको छ ।
गत २४ घन्टामा विश्वभर जम्मा ३ लाख ९४ हजार ८ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १७ करोड ३७ लाख ७ हजार ३ सय २६ पुगेको छ ।
गत २४ घन्टामा विश्वभर थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै भारतमा १ लाख १४ हजार ५ सय ३७ जना रहेका छन् । यस्तै ब्राजिलमा ६५ हजार ४ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने कोलम्बियामा २८ हजार ९ सय ७१ र अर्जेन्टिनामा २३ हजार ६ सय २७ जना थपिएका छन् ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ९ हजार १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ लाख ३५ हजार ७ सय ८९ पुगेको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै भारतमा मात्रै २ हजार ६ सय ८३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा १ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ । यस्तै कोलम्बियामा ५ सय ३२, अर्जेन्टिनामा ४ सय ५६, रुसमा ३ सय ९९ र अमेरिकामा ३ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्वभर कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेदर भने अझै रोकिएको छैन ।
यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १५ करोड ६५ लाख ८६ हजार ५ सय १० जना स्वस्थ भएका छन् ।
हाल विश्व्भर सक्रिय संक्रमितको संख्या १ करोड ३३ लाख ९४ हजार ९ सय ६३ रहेको छ ।