जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप



Download our app to get more features

एजेन्सी, २२ जेठ । जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउएकी छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू(कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताएको बताउकाछन् । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उनी नै सबैभन्दा बढी उमेरको भएको बताएका छन् । 

१२४ वर्षकी वृद्धालाई खोप लगाएपछि उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घर गएका थिए । स्वास्थ्यकर्मीले उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

Last modified on 2021-06-05 21:53:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts