फाइजरको खोप भारतीय भेरियन्टविरुद्ध कम प्रभावकारी



Download our app to get more features

एजेन्सी, २१ जेठ । अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा देखिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी पाइएको छ ।

द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनको नतिजामा फाइजरको खोपले मूल कोरोना भाइरसको तुलनामा डेल्टा भेरियन्टविरुद्ध कम एन्टिबडी विकास हुने गरेको उल्लेख छ ।
उक्त अध्ययनका अनुसार डेल्टा भेरियन्टविरुद्ध फाइजरको खोपले विकास गर्ने एन्टिबडीको स्तर पाँच गुणासम्म कम हुन सक्ने उल्लेख छ ।

अध्ययनमा कोरोना भाइरस पहिचान गर्ने र त्यसविरुद्ध लड्ने एन्टिबडीको स्तर बढ्दो उमेरसँगै कम हुन थाल्छ । यो अध्ययनले फाइजरको दुई डोज खोप लिने समयावधि घटाउने योजनालाई पनि सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अध्ययनका अनुसार फाइजरको खोपको पहिलो डोज दिएपछि डेल्टा भेरियन्टविरुद्धको एन्टिबडी बेलायतमा भेटिएको अल्फा भेरियन्टविरुद्धको एन्टिबडी धेरै देखिएको छ । यद्यपि यस विषयमा थप अध्ययन आवश्यक रहेको विशेषज्ञहरुले बताएका छन् ।

Last modified on 2021-06-04 21:20:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts