भारतमा कोरोनाको दोस्रो लहरमा ५ सय ९४ जना डाक्टरको मृत्यु
भारत, १९ जेठ । भारतमा कोरोनाको दोस्रो लहरमा हालसम्म ५ सयभन्दा बढी डाक्टरको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोनाको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा कोरोना संक्रमितको उपचारमा खटिएका झन्डै ५ सय ९४ जना डाक्टरहरुको मृत्यु भएको छ ।
इन्डियन मेडिकल एसोसिएशनका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोनाका कारण बढी डाक्टरहरुको मृत्यु भएको छ ।
सबैभन्दा बढी राजधानी दिल्लीमा १ सय ७ जना डाक्टरको कोरोनाका कारण मृत्यु भएको पनि बताइएको छ ।
यस्तै बिहारमा दोस्रो लहरका कारण ९६ जना डाक्टरको कोरोनाका कारण मृत्यु भएको छ भने उत्तर प्रदेशमा ६७ जना डाक्टरको कोरोनाका कारण मृत्यु भएको छ ।
Last modified on 2021-06-02 10:49:19