कोरोनाको विभिन्न भेरिएन्टको नामाकरण गरियो, भारतीय भेरिएन्टलाई 'डेल्टा' भनेर चिनिने



Download our app to get more features

एजेन्सी, १८ जेठ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को भेरिएन्टको नामाकरणका लागि नयाँ प्रणालीको घोषणा गरेको छ ।
 
संगठनले अब नयाँ प्रणाली अनुसार भारत, बेलायत, दक्षिण अफ्रिकासहित अन्य मुलुकमा पाइएको कोरोनाको भेरिएन्टको नाम राख्नका लागि ग्रीक भाषाको अक्षरहरु प्रयोग गर्न सकिन्छ ।

यसै प्रणाली अनुसार भारतमा पहिलो पटक भेटिएको बी.१.६१७.१ लाई कप्पा र बी.१.६१७.२ लाई डेल्टा नामाकरण गरिएको छ ।

यस्तै बेलायतमा पाइएको कोरोनाको भेरिएन्टलाई अल्फा र दक्षिण अफ्रिकामा पाइएको भेरिएन्टको नाम बीटा राखिएको छ ।

विश्व स्वास्थ्य संगठनले भेरिएन्टलाई कुराकानीको भाषामा सहज बनाउनका लागि र कुनै पनि मुलुकसँगको भेरिएन्टको नामसँग नजोडियोस भनेर यो प्रणाली ल्याइएको बताएको छ ।

संगठनकी कोभिड–१९ की टेक्नीकल प्रमुख मारिया भेन कारखोवले ट्वीट गरेर यसको जानकारी दिएकी छन् ।

उनले भेरिएन्टको खोजको का लागि यो राम्रो निगरानी र वैज्ञानिक तथ्यांक सार्वजनिक गर्नमा पनि जोड दिएकी छन् । 

Last modified on 2021-06-01 11:11:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts