चीनमा सकियो दुई सन्तानको नीति, तीन सन्तानको अनुमति प्रदान
एजेन्सी, १७ जेठ । चीन सरकारले दुई सन्तानको निती खारेज गरेको छ । चीनको जनसंख्या वृद्धिदर कम हुँदै गएपछि सरकारले दुई सन्तानको निती खारेज गरेको हो ।
अबदेखि चीनमा दम्पत्तिले तीन सन्तान जन्माउन पाउने भएका छन् । चीन सरकारका अनुसार चीनको कम्युनिस्ट पार्टीको पोलिट ब्यूरोले तीन सन्तानको निती पारित गरेको हो । सरकारको यस नीतिलाई राष्ट्रपति शी चिनफिङ्गले अनुमति पनि दिइसकेका छन् ।
चीनमा सन् २०१० देखि २०२० सम्म जनसंख्या वृद्धिदर शून्य दशमलव ५३ देखि शून्य दशमलव ५७ प्रतिशतमा झरेको छ । एक अध्ययनका अनुसार दुई दशकमा चीनको जनसंख्या बढ्ने दरमा कमी आउन थालेपछि चीन सरकारले तीन सन्तानको नीति लिएको हो ।