भारतमा कोरोना संक्रमणको दर घट्दै, महाराष्ट्रमा जारी लकडाउन १५ दिन थपियो



Download our app to get more features

भारत, १७ जेठ । भारतको महाराष्ट्रमा जारी लकडाउनको समय थप १५ दिनका लागि लम्ब्याइएको छ ।
 
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले जारी लकडाउनको समय १५ जुनसम्म जारी रहने बताए । उनले केहि जिल्लामा कोरोना संक्रमणको स्थितिलाई ध्यानमा राखी जारी प्रतिबन्धमा छुट दिन सक्ने पनि बताए ।

उनले राज्यका केहि जिल्लामा कोरोनाको संक्रण बढ्दो क्रममा रहेको र शहरी क्षेत्रमा संक्रमण दरमा कमी आएको भएपनि कोरोनाको तेस्रो चरणको लहरलाई ध्यानमा राखी लकडाउनको समय थप गरिएको बताए ।
 
कोरोना महामारीको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने हुँदा उनीहरुको सुरक्षाका लागि सतर्कता स्वरुप सरकाले सबै तयारी गरेको उनको भनाइ छ ।

यसैबीच, भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । गत २४ घन्टामा भारतमा १ लाख ५३ हजार ४ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ८० लाख ४६ हजार ९ सय ५७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार १ सय २७ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ करोड ५६ लाख ८४ हजार ५ सय २९ जना स्वस्थ भइसकेका छन् ।

Last modified on 2021-05-31 12:50:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts