भारतमा पछिल्लो २४ घण्टामा ३६१४ जनाको मृत्यु
एजेन्सी, १६ जेठ । भारतमा कोरोनाले २४ घण्टामा ३ हजार ६१४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ ।
२४ घण्टामा ब्राजिलमा १ हजार ९७१ जनाको मृत्यु भएको बोल्डमिटरले जनाएको छ । कोलम्बियामा ५४०, मेक्सिकोमा ४११, अर्जेन्टिनामा ४१५, रुसमा ४०१, अमेरिकामा ३४९, टर्कीमा १३७, जर्मनीमा १२४, इरानमा १९३ जनाको मृत्यु भएको छ ।
पोल्यान्डमा १२५, युक्रेनमा १५६, इन्डोनेसियामा १६२, फिलिपिन्समा १५६, चिलीमा ११९, नेपालमा ११६ जनाको मृत्यु भएको छ । भारतमा हाल मृत्युदर सबैभन्दा बढी छ ।
कोरोनाबाट विश्वमा २४ घन्टामा १० हजार ५८५ को मृत्यु भएको छ ।