विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड नाघ्यो, १५ करोड २ लाखभन्दा बढी स्वस्थ
एजेन्सी, १५ जेठ । विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड नाघेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ लाख २ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड १ लाख १९ हजार ६ सय ४५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ११ हजार ८ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाख ३७ हजार ८१ पुगेको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्य १५ करोड २ लाख ९६ हजार ५ सय ३१ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै १ लाख ७१ हजार ७ सय २६ जना रहेका छन् । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ७७ लाख १९ हजार ४ सय ३१ पुगेको छ ।
यस्तै ब्राजिलमा ५० हजार ४ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ६३ लाख ९२ हजार ६ सय ५७ पुगेको छ ।
यस्तै अर्जेन्टिनामा ३९ हजार २ सय ७, कोलम्बियामा २३ हजार ३ सय ७४, अमेरिकामा २२ हजार ८ सय १३, फ्रान्समा ११ हजार २ सय ६८, इरानमा १० हजार २ सय ५३ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै गत २४ घन्टामा भारतमा सबैभन्दा धेरै ३ हजार ५ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ४ सय १८, अमेरिकामा ६ सय २७, अर्जेन्टिनामा ५ सय ५८, कोलम्बियामा ५ सय १४, रुसमा ४ सय ४, मेक्सिकोमा ४ सय २५ जनाको कोरोनाक कारण मृत्यु भएको छ ।