भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार नयाँ संक्रमित



Download our app to get more features

एजेन्सी, १३ जेठ । भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ११ हजार ५५३ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन यो संख्या २ लाख ८ हजारभन्दा बढी थियो। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७३ लाख नाघेको छ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ।

यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख १५ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ४६ लाख भन्दा बढी निको भइसकेका छन् भने २४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३९ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २१ हजार संक्रमित थपिएका छन् भने ५६९  जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ६२ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढी संक्रमित थपिँदा २३ सयभन्दा बढीको मृत्यु भएको छ।

Last modified on 2021-05-27 19:42:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts