विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोडभन्दा बढी स्वस्थ



Download our app to get more features

एजेन्सी, १३ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप १२ हजार ३ सय २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ लाख ११ हजार ९ सय १२ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै भारतमा ३ हजार ८ सय ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । 

यस्तै अमेरिकामा ६ सय ७ जनाको मृत्यु भएको छ भने अर्जेन्टिनामा ५ सय २३ र कोलम्बियामा ५ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रुसमा ४ सय ६, पोल्याण्डमा २ सय ९, फ्रान्समा १ सय ४४, टर्कीमा १ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ५ लाख ५८ हजार ४ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १६ करोड ९० लाख ७२ हजार ५ सय ७२ पुगेको छ । 

गत २४ घन्टामा थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा धेरै २ लाख ११ हजार ५ सय ५३ रहेको छ भने ब्राजिलमा ७९ हजार ४ सय ५९, अमेरिकामा २३ हजार ५ सय रहेका छन् ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १५ करोड ८ लाख १४ हजार ५४ जना स्वस्थ भइसकेका छन् ।

Last modified on 2021-05-27 10:18:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts