किशोर समूहमा मोडेर्नाको खोप शतप्रतिशत प्रभावकारी भएको दावि



Download our app to get more features

एजेन्सी, १२ जेठ । अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकले बनाएको कोभिड-१९ विरोधी खोप किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी पाइएको बताइएको छ।

हालै १२ देखि १७ वर्ष उमेर समूहमा गरिएको अध्ययनबाट यस्तो पाइएको कम्पनीले जनाएको छ। सो उमेर समूहमा प्रभावकारी देखिएका यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो। यसअघि फाइजर इंकको खोप पनि प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक भएको थियो। 

कम्पनीले अमेरिकी औषधि नियामक एफडीएलाई आगामी महीनाको शुरुमा आपतकालीन प्रयोगका लागि खोपलाई विस्तार गर्न अनुमति माग्ने योजना बनाइरहेको छ। 

अनुमतिसँगै माध्यमिक तथा उच्च विद्यालयका विद्यार्थीहरुमा थप खोप उपलब्ध हुने समाचारहरुमा उल्लेख छ। फाइजरले एफडीएबाट यही महीनाको शुरुमा आफ्नो खोपलाई १२ देखि १५ वर्षका मानिसहरुमा प्रयोग गर्ने अनुमति पाएको थियो । 

चार हप्ताको अन्तरमा दुई पटक दिनु पर्ने मोडेर्नाको खोप वयस्कहरुमा प्रयोगका  लागि यस अघि नै अनुमति पाइएसकेको छ ।

Last modified on 2021-05-27 07:17:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts