विश्वभर नयाँ संक्रमित थपिने दरमा १४ प्रतिशतले कमी, मृत्युदर पनि २ प्रतिशले घट्यो
बीबीसी, १२ जेठ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण र मृत्यु हुने दरमा कमी आएको बताएको छ ।
संगठनका अनुसार गत साता विश्वभर देखा परेको कोरोनाको नयाँ संख्या र मृत्यु हुने संख्यामा यस हप्ता कमी आएको छ । संगठनका अनुसार यो हप्ता संक्रमणको ४१ लाख नयाँ केस देखिएको छ भने ८४ हाजारको मृत्यु भएको छ । यो गत हप्ताको तुलनामा नयाँ केसमा १४ प्रतिशतले कमी आएको छ भने २ प्रतिशतले मृत्युदरमा कमी आएको छ ।
विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता यूरोपीय क्षेत्रमा नयाँ केस र मृत्यु हुने केसमा पनि कमी आएको छ । त्यसबाहेक दक्षिण–पूर्व एशियामा पनि संक्रमण दर र मृत्यु हुने संख्यामा सुधार आएको छ ।
अमेरिकी, भूमध्यसागरीय, अफ्रीकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति सुधारजनक देखिएको छ । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको संख्यामा वृद्धि भएको छ भने बाँकी क्षेत्रमा सुधार भएको छ ।
पछिल्लो चार हप्तादेखि विश्वभर कोरोना महामारीको स्थितिमा सुधार आएपनि कोरोनाले मृत्यु हुने संख्यामा सुधार अझै भएको छैन । साथै अझैपनि विश्वका विभिन्न मुलुकमा कोरोनाले संक्रमित हुने र मृत्यु हुने दरमा वृद्धि हुँदै गएकाले संगठनले चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, अमेरिकाले कोरोना भाइरसको उत्पतिको स्रोतबारे पत्ता लगाउने विषयमा पारदर्शीता अपनाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनको मन्त्री स्तरको बैठकमा अमेरिकी स्वास्थय मन्त्री जÞेवियर बेसेराले अन्तर्राष्ट्रीय विशेषज्ञलाई पनि कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि अनुमति दिन संगठनलाई आग्रह गरे ।
कोभिड–१९ को पहिलो केस २०१९ को अन्तिममा चीनको खÞूबे प्रान्तसिथत वुहान शहरमा फेला परेको थियो । त्यसपछि विश्वभर यसको संक्रमण फैलिएको र यसले ३५ लाखको मृत्यु भइसकेको छ ।
यसै वर्षको मार्चमा कोरोना भाइरसको उत्पतिबारे विश्व स्वास्थ्य संगठनले चीनमा गएर अध्ययन गरेको थियो । तर, यो भाइरस ल्याबमा बनाइएको हो भन्ने बारे ठोस प्रमाण फेला परेको थिएन ।
तर, हालैमात्र अमेरिकाको एक पत्रिका वाल स्ट्रिटमा कोरोना भाइरसको उत्पतिबारे रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा कोरोना विश्वभर फैलिनुभन्दा पहिले वुहान ल्याबका कर्मचारी बिरामी भएको र अस्पताल जानु परेको बताएको थियो । तर, चीनले यसलाई झुठो दावी गरेको छ ।
विश्व स्वास्थ्य संगठनलाई कोरोनाको उत्पतिबारे पत्ता लगाउन थप सावधानी अपनाउन र पारदर्शीता कायम राख्न अमेरिकाले आग्रह गरेको हो ।