विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ करोड नाघ्यो, भारतमा संक्रमणदर घट्दै
एजेन्सी, १२ जेठ । विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ करोड नाघेको छ ।
कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा ६ लाख २२ हजार १ सय ९७ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ करोड १३ हजार ९ सय १९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ लाख ९९ हजार १ सय ३४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ४५ हजार ३ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १६ करोड ८५ लाख ८ हजार ५ सय ३९ पुगेको छ ।
गत २४ घन्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा १ लाख ९५ हजार ८ सय १५ जना संक्रमित रहेका छन् । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ९४ लाख ४७ हजार ४ सय ९६ पुगेको छ । यस्तै गत २४ घन्टामा ३ हजार ४ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या ३ लाख ७ हजार २ सय ४९ पुगेको छ ।
यस्तै ब्राजिलमा ३७ हजार ५ सय ६३ नयाँ संक्रमित थपिएका छन् भने ८ सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा गत २४ घन्टामा २० हजार ३ सय ६६ नयाँ संक्रमित थपिएका छन् भने ३ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै अर्जेन्टिनामा गत २४ घन्टामा २२ हजार ६ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएका छन् । त्यसैगरी कोलम्बियामा गत २४ घन्टामा १६ हजार ९ सय ७७ नयाँ संक्रमित थपिएका छन् भने ४ सय ८३ जनाको मृत्यु भएको छ ।