कोरोना सङ्क्रमणको दरमा कमी आएपनि अवस्था नाजुक नै छ : डब्लूएचओ प्रमुख डा. टेड्रोस



Download our app to get more features

एजेन्सी, १० वैशाख । विश्व स्वास्थ्य संगठनले विश्वभर कोरोना सङ्क्रमणको दरमा कमी आएपनि अवस्था नाजुक नै रहेको बताएको छ । 

७४ औं स्वास्थ्य सभामा संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रेयेसुसले केही सातादेखि विश्वभर कोरोना सङ्क्रमणको दरमा कमी आएपनि अवस्था अझै नाजुक रहेको बताए । 

उनले पछिल्लो १८ महिनादेखि महामारीको अवस्थाबाट विश्व गुज्रिरहेको र आगामी दिनमा अवस्था थप जटिल बन्न सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरे ।

उनले कोरोना महामारीको यस विषम परिस्थितिमा काम गर्ने डाक्टर, नर्स, सुरक्षाकर्मीले लाखौंको ज्यान जोगाउन सकेकोमा विश्वभरका स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटेर काम गर्नेहरुलाई सम्मान व्यक्त गरे ।

डा. टेड्रोसले कोरोना महामारीको विश्वभरको स्थितिको बारेमा भने, ‘हामीलाई खुशी छ की लगातार तीन हप्तादेखि कोरोना सङ्क्रमणका कारण मृत्यु हुने दरमा कमी आएको छ । तर, अहिले नै हामी ढुक्क भइसक्ने अवस्था छैन । आउने दिनमा अवस्था थप जटिल बन्न सक्छ ।’

उनले विभिन्न अन्तर्राष्ट्रिय समुदायले कोरोनाविरुद्धको लडाईंमा विभिन्न मुलुकलाई गरेको सहयोगको पनि सराहना गरे । 

उनले अन्तर्राष्ट्रिय समुदायले समयमै स्वास्थ्य सामग्री लगायत आवश्यक उपकरण नपठाएको भए विपन्न मुलुक र सम्पन्न मुलुककै अवस्था भयावह बन्ने हुँदा समस्या थप गम्भीर बन्न सक्ने उल्लेख गरे ।

Last modified on 2021-05-25 09:37:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts