फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप भारतमा देखिएको कोरोनाको भेरियन्टविरुद्ध प्रभावकारी



Download our app to get more features

बीबीसी, १० जेठ । भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ ।

बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

खोपको पहिलो डोज मात्र लगाएकामा भने  तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी देखिएको  छ । फाइजरको खोप दोस्रो डोज लिएको दुई हप्तापछि भारतमा देखिएको सङ्क्रामक भेरियन्टविरुद्ध ८८ प्रतिशत र एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई हप्तापछि ६० प्रतिशत प्रभावकारी देखिएको खबरमा उल्लेख छ

Last modified on 2021-05-24 14:35:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts