'कोरोना महामारी फैलिनुभन्दा पहिले वुहान ल्याबका भाइरोलोजिस्ट अस्पताल भर्ना'



Download our app to get more features

बीबीसी, १० जेठ । चीनबाट सुरु भएको कोरोना भाइरसको बारेमा हालसम्म कुनैपनि ठोस तथ्य फेला परेको छैन । तर, बेला बेलामा विभिन्न गोप्य रिपोर्टहरु कोरोना भाइरसलाई लिएर सार्वजनि भइरहन्छ । यसै क्रममा अमेरिकी एक गोप्य रिपोर्टमा विश्वभर कोरोना महामारी फैलिनुभन्दा एक महिना अगाडी वुहान ल्याबमा रहेका तीन जना अनुसन्धानकर्ता बिरामी भएको दावी गरिएको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलका अनुसार वुहान इन्स्टीच्यूट अफ भाइरोलोजीका तीन जना अनुसन्धानमा संलग्न ३ जना नोभेम्बर २०१९ मा बिरामी भएको र उनीहरु असपताल समेत भर्ना भएका थिए ।

यस अध्ययन रिपोर्टमा वुहान ल्याबका बिरामी अध्ययनकर्ताको संख्या, उनको बिरामीको समय र अस्पताल गएको विषयमा जानकारी दिइएको छ ।
 
पत्रिकामा प्रकाशित खबरका अनुसार यस रिपोर्टका अनुसार कोरोना भाइरसको संक्रमण कहाँबाट फैलिएको छ भन्ने विषयमा पत्ता लगाउनमा मद्दत पुग्ने आशा गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको आज बस्ने बैठकमा कोरोना भाइरसको उद्गम कहाँबाट भएको हो भन्ने विषयमा चर्चा हुनुभन्दा अगाडी सार्वजनिक भएको यस रिपोर्टले सहयोग पुग्ने बताइएको छ ।

यसैबीच, अमेरिकी सिक्योरिटी काउन्सिलकाले कोरोनाको उत्पति कहाँबाट भएको हो भन्ने विषयमा अनुसन्धानका लागि गम्भीर रहेको बताएको छ ।
 
यसअघि पनि विश्व स्वास्थ्य संगठनको टोली वुहान अनुसन्धानका लागि पुगेको थियो । तर, त्यहाँ प्राप्त तथ्य पर्याप्त नभएको भन्दै फर्केको थियो ।

साथै वुहान ल्याब र चीन सरकारले सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएको थियो भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वुहानकै  ल्याबमा कोरोना बनाइएको दावी गर्दै आएको छ ।

Last modified on 2021-05-24 13:48:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts