भारत विश्वको तेस्रो मुलुक जहाँ ३ लाखभन्दा बढीको कोरोनाका कारण मृत्यु



Download our app to get more features

भारत, १० जेठ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

गत २४ घन्टामा थप ४ हजार ४ सय ५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ पुगेको छ । योसँगै भारत विश्वकै तेस्रो मुलुक बनेको छ, जहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाखभन्दा धेरै छ । 

हाल अमेरिकामा ६ लाखभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा ४ लाखभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ । 

यस्तै गत २४ घन्टामा भारतमा थप २ लाख २२ हजार ८ सय ३५ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ६७ लाख ५१ हजार ६ सय ८१ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ करोड ३७ लाख २० हजार ९ सय १९ जना स्वस्थ भइसकेका छन् । 

Last modified on 2021-05-24 13:14:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts