कोरोना उपचारमा खटेर मृत्युवरण गरेका डाक्टरको परिवारलाई एक करोड राहत दिने दिल्ली सरकारको घोषणा



Download our app to get more features

भारत, ९ जेठ । भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउनको समय लम्ब्याइएको छ । 

कोरोना संक्रमणको दोस्रो चरणको लहरलाई ध्यानमा राखी दिल्ली सरकारले एक साताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मे बिहान ५ बजेसम्मका लागि लकडाउनको समय थप गरेका हुन् ।

त्यसबाहेक कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरु जो आफै संक्रमित भइ मृत्युवरण गरेका छन् उनीहरुका लागि पनि दिल्ली सरकारले राहतको घोषणा गरेको छ । 

मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक जो आफै संक्रमित भएर मृत्युवरण गरेका छन् उनीहरुको परिवारलाई १ करोड रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरे ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय दिल्लीमा कोरोना संक्रमणको दरमा कमी आएपनि अझै कोरोना परीक्षण गर्ने क्रमलाई निरन्तरता दिने र लकडाउनको फाइदा उठाउँदै हाल संक्रमण दर ३६ प्रतिशतबाट घटेर २ दशमलव ५ प्रतिशतमा झरेको पनि बताए ।
 
यस्तै उनले दिल्लीमा कोरोनाविरुद्धको खोपको कमी रहेका भन्दै आगामी तीन महिनामा सबैलाई खोप लगाइसक्ने गरी पहल भइरहेको पनि बताए ।

Last modified on 2021-05-23 19:30:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts