विश्वभर कोरोनाका कारण मृत्य हुनेको संख्या ३४ लाख ६८ हजार नाघ्यो, सबैभन्दा धेरै अमेरिकामा मृत्यु
एजेन्सी, ९ जेठ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १६ करोड ७० लाख नाघेको छ ।
गत २४ घन्टामा विश्वभर कोरोनाका कारण ५ लाख ७१ हजार ९ सय ३० जना नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १६ करोड ७० लाख नाघेको हो ।
वर्ल्ड मिटरका अनुसार विश्वभर थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या १६ करोड ७० लाख ३७ हजार ५ सय ६९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर १० हजार ८ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ लाख ६८ हजार ३ सय ५२ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सक्रमितभएकामध्ये १४ करोड ७९ लाख ८७ हजार ७ सय ४८ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा २ लाख ४३ हजार ७ सय ७७ रहेका छन् भने ३ हजार ७ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ६५ लाख २८ हजार ८ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ९९ हजार २ सय ९६ पुगेको छ ।
यस्तै ब्राजिलमा गत २४ घन्टामा ७१ हजार २ सय ८३ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १ करोड ६० लाख ४७ हजार ४ सय ३९ पुगेको छ भने ४ लाख ४८ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा अमेरिकामा १९ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ६८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख ८२ हजार ३ सय ३३ पुगेको छ भने ६ लाख ३ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ ।