भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५७ लाख नाघ्यो, २ लाख ८७ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

भारत, ६ जेठ । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ५० लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा भारतमा २ लाख ७६ हजार २ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ५७ लाख ७१ हजार ४ सय ५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा ३ हजार ८ सय ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८७ हजार १ सय ५६ पुगेको छ ।

भारतमा पछिल्लो समय कोरोनाको दोस्रो चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । भारतमा देखिएको कोरोनाको डबल र ट्रीपल म्यूटेन्ट लगायतका विभिन्न भेरिएन्टले संक्रमण दर बढ्दै गएको छ भने मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

यस्तै भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ करोड २३ लाख ४८ हजार ६ सय ८३ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९९ प्रतिशत हो ।  

Last modified on 2021-05-20 12:16:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts