विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो
एजेन्सी, ५ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ ।
कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमणका कारण १३ हजार ९ सय ६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ लाख १८ हजार ६० पुगेको छ ।
गत २४ घन्टामा विश्वभर सबैभन्दा धेरै भारतमा ४ हजार ५ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ७ सय ३३, अर्जेन्टिनामा ७ सय ४४, रुसमा ३ सय ६४, इटलीमा २ सय १, जर्मनीमा ७ सय ४४ र टर्कीमा २ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ६ लाख १२ हजार ४ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी २ लाख ६७ हजार १ सय ७४ रहेको छ । यस्तै ब्राजिलमा ७४ हजार ३ सय ७९, अमेरिकामा २७ हजार ५ सय ६, फ्रान्समा १७ हजार २ सय १०, टर्कीमा ११ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अर्जेन्टिामा ३५ हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १६ करोड ४८ लाख ८४ हजार ५ सय ७३ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १४ करोड ५० लाख ३१ हजार ४ सय ३२ जना स्वस्थ भएका छन् ।