विभिन्न मुलुकलाई ८ करोड कोरोना खोप उपलब्ध गराउने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा



Download our app to get more features

एजेन्सी, ४ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका विभिन्न मुलुकलाई ८ करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराएको घोषणा गरेका छन् ।

आफ्नो ट्वीटर ह्याण्डलमार्फत् उनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन् ।

बाइडेनले यसअघि नै अक्सफोर्ड÷एस्ष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने घोषणा गरिसकेकोमा थप दुई करोड डोज खोप पनि उपलब्ध गराउने बताएका हुन् ।
 
ती खोप कुन कुन मुलुकलाई दिने भन्ने विषयमा खुलाइएको छैन ।

अमेरिकामा हाल फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड÷अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन ।
 
बाइडेनले पछिल्लो समय विश्वका ४० प्रतिशत देशबाट खोपका लागि सहयोग गरिदिन भन्दै आग्रह आउने क्रम जारी रहेकाले सहयोग गरिने बताए ।

Last modified on 2021-05-18 10:16:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts