डा.आईएल आचार्यको निधनप्रति स्टार अस्पतालद्वारा श्रद्धाञ्जली व्यक्त



Download our app to get more features

काठमाडौं, २ जेठ । स्टार अस्पतालले वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ डा.ईश्वर लाल आचार्यको निधनप्रति शोक व्यक्त गरेको छ ।

अस्पतालले विज्ञप्ति जारी  गरी डा.आचार्यको निधले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति भएको भन्दै शोक व्यक्त गरेको हो ।

अस्पतालले डा.आचार्यलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा असहज महसुस भएपछि स्टार अस्पतालमा भर्ना भएपछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र १८ वैशाखमा भर्ना भएको बताएको छ ।

अस्पतालको विज्ञप्तिमा उपचारपछि कोरोना निको भएर वैशाख २९ गते उनी कोरोना मुक्त भएका थिए । तर, उनको फोक्सोमा जटिल समस्या देखिएको कारणले अस्पतालको नन कोभिड कक्षमा राखि उपचार भइरहेको र आइतवार एक्कासी स्वास्थ्य जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको उल्लेख गरिएको छ ।

अस्पतालले डा. आचार्यको निधनले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति संवेदना समेत व्यक्त गरको छ । 

Last modified on 2021-05-16 16:21:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts