भारतमा दैनिक कोरोना सङ्क्रमण दरमा कमी, मृत्यु संख्या अझै ४ हजारको हाराहारीमा



Download our app to get more features

भारत, २ जेठ । भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ ।

दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारले घटेको छ । 

कोरोना सम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको हाराहारीमा रहेको बताएको छ ।

गत २४ घन्टामा पनि भारतमा ३ लाख १० हजार ८ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । 

कोरोनाको दोस्रो लहरका कारण प्रभावित बनेको भारत दैनिक सङ्क्रमण दर थपिनेमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ दिनकै ४ लाखसम्म कोरोना सङ्क्रमित थपिने गरेको थियो । अहिलेपनि ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । 

भारतमा कोरोना सङ्क्रमणको दरमा कमी आएपनि मृत्यु दर भने अझै दैनिक ४ हजार रहेको छ । गत २४ घन्टामा ४ हजार ९० जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ । 

यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७ लाख ८९ हजार ३८ जना स्वस्थ भएका छन् ।

भारतका विभिन्न राज्यहरुमा पनि कोरोना सङ्क्रमित थपिने दरमा पनि कमी आउन थालेको छ । जुन सकारात्मक कुरा हो ।

Last modified on 2021-05-16 10:20:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts