भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो, थपिए ३ लाख ४८ हजारभन्दा बढी सङ्क्रमित



Download our app to get more features

एजेन्सी, २९ वैशाख । भारतको गोवामा अक्सिजन अभावका कारण २६ जना बिरामीको मृत्यु भएको छ । 

गोवाका स्वास्थ्य मन्त्री विश्वजीत राणेका अनुसार, गोवास्थित गोवा मेडिकल कलेज अस्पतालमा अक्सिजन अभाव हुँदा २६ जना बिरामीको मृत्यु भएको हो । 

मंगलवार बिहान अस्पतालमा भर्ना भएका बिरामीहरुले समयमै अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ । 

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहि समयका लागि कोभिड–१० वार्डमा अक्सिजनको आपूर्ति रोकिँदा उनीहरुको मृत्यु भएको बताए । 

भारतमा पछिल्लो समय दैनिक जसो अक्सिजन अभावका कारण कोरोना सङ्क्रमित बिरामीको मृत्यु हुने गरेको छ । 

भारतमा कोरोनाको दोस्रो लहरका क्रममा देखिएको भारतीय भेरिएन्टले अवस्था भयावह बन्दै जाँदा मृत्यु हुने पनि बढ्दै गएको छ । 

गत २४ घन्टामा मात्रै भारतमा ४ हजार २ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ४ हजार २ सय २५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा ३ लाख ४८ हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ३३ लाख ४० हजार ४ सय ३६ पुगेको छ ।

Last modified on 2021-05-12 09:21:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts