विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ लाख नाघ्यो, सबैभन्दा धेरै भारतमा मृत्यु
एजेन्सी, २७ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर १० हजार २ सय ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २ सय ३२ पुगेको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै भारतमा ३ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ९ सय ३४ जनाको मृत्यु भएको छ ।
यस्तै रुसमा गत २४ घन्टामा ३ सय ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने टर्कीमा २ सय ८३, अमेरिकामा २ सय ४१, इरानमा ३ सय ८६, कोलम्बियामा ४ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै मेक्सिकोमा २ सय ७१, पेरुमा २ सय ७७, फिलिपिन्समा २ सय ४ जनाको कोरोनाका कारण गत २४ घन्टामा मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ६ लाख ४९ हजार १ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १५ करोड ८९ लाख ५९ हजार ७ सय ५० पुगेको छ भने १३ करोड ७३ लाख ८० हजार ६ सय ५९ जनाले कोरोना जितेका छन् ।