भारतको राजधानी दिल्लीमा लकडाउनको समय एकसाता लम्ब्याइयो
भारत, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउनको समय थप एक साता लम्ब्याइएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार पत्रकार सम्मेलनको क्रममा एक साताका लागि लकडाउनको समयावधिक थप गरिएको बताए ।
उनले यसअघि लगाइएको लकडाउन भोलि सकिने र नयाँ लकडाउन थप एक साता हुने भन्दै यसपटकको लकडाउनमा कडाई गरिने पनि बताए ।
मुख्यमन्त्री केजरीवालले कोरोना महामारीको दोस्रो चरणको लहरले जोखिम बढ्दै गरेको हुनाले लकडाउनको समय थप गरिएको र यसपटक लकडाउन थप कडाइ गरिने बताए ।
यसपटकको लकडाउनको समयमा मेट्रो बन्द गरिने, विवाह समारोहमा रोक, २० जनाभन्दा धेरै मानिसहरु जम्मा हुन नपाउने जस्ता प्रतिबन्ध लगाइने भएको छ ।
दिल्लीमा गत २४ घन्टामा १७ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ ।
भारतमा गत २४ घन्टामा मात्रै ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।