भारतमा लगातार दोस्रोदिन ४ हजारभन्दा धेरैको कोरोनाका कारण मृत्यु, ४ लाखभन्दा बढीमा संक्रमण



Download our app to get more features

भारत, २६ वैशाख । भारतमा लगातार दोस्रो दिन ४ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार १ सय ३३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४२ हजार ३ सय ९८ पुगेको छ । यसअघि, शुक्रवार पनि एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु भएको थियो । 

यस्तै गत २४ घन्टामा ४ लाख ९ हजार ३ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा लगातार दोस्रो दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना भाइरसका सङ्क्रमित हुनेको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ ।

यस्तै हालसम्म भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड ८३ लाख ११ हजार ४ सय ९८ जना स्वस्थ भएका छन् । 

यसैबीच भारत सरकारले बिरामीलाई अस्पताल भर्ना गर्दा कोरोना रिपोर्ट आवश्यक नपर्ने बताएको छ ।

शनिवार भारतको स्वास्थ्य मन्त्रालयले निर्णय गर्दै बिरामीलाई अस्पताल भर्ना गर्दा अनिवार्य कोरोना रिपोर्ट नचाहिने बताएको छ । यसअघि अस्पताल भर्ना हुँदा बिरामीलाई अनिवार्य कोरोना रिपोर्ट आवश्यक पर्ने गरेको थियो ।

Last modified on 2021-05-09 11:02:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts