बलिवुडमा एकपछि अर्को गर्दै कलाकारहरु कोरोनाको चपेटमा, अभिनेत्री कंगनापनि संक्रमित



Download our app to get more features

भारत, २५ वैशाख । बलिवुड अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम पेजमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आरटी पिसिआर परीक्षण गराएपछि उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई मुम्बईस्थित आफ्नो घरमै क्वारेन्टाइन गरेकी छन् । 

अभिनेत्री रनौतले आफू छिटै कोरोना जितेर नियमित काममा फर्कने पनि सन्देश दिएकी छन् ।

पछिल्लो समय बलिवुडमा एकपछि अर्को गर्दै कलाकारहरु कोरोनाको चपेटमा आउन थालेका छन् ।

भारतमा कोरोनाको पहिलो चरणको लहरमा बलिवुड मात्रै होइन भारतमा धेरै प्रभाव नपारेपछि दोस्रो चरणको लहरले भने नराम्रोसँग प्रभावित बनाएको छ ।

केहिदिन अघि दीपिका पादुकोण पनि कोरोना संक्रमित भएकी थिइन् ।

Last modified on 2021-05-08 19:31:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts