भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको मृत्यु



Download our app to get more features

एजेन्सी, २५ बैशाख । भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको मृत्यु भएको छ । 

गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको मृत्यु भएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई  लाख ३८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
 

Last modified on 2021-05-08 16:38:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts