डब्लूटीओको प्रस्तावमा अमेरिकाको समर्थन, विकासशिल मुलुकका लागि कोरोनाविरुद्धको खोप बनाउने बाटो खुल्यो



Download our app to get more features

एजेन्सी, २३ वैशाख । अमेरिकाले कोरोना भाइरस खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्ने विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रस्तावलाई समर्थन गरेको छ । 

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो यस प्रस्तावमा अस्थायी समर्थन जनाउनुभएको हो । 

रोयटर्सले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी मुलुकको बढ्दो दबावका कारण अमेरिकी राष्ट्रपति बाइडनले डब्लूटीओको प्रस्तावमा समर्थन जनाउनुभएको लेखेको छ । 

भारत र दक्षिण अफ्रिका जस्ता मुलुकले खोपलाई बौद्धि सम्पदा अधिकारबाट बाहिर राख्नका लागि प्रस्ताव गरेको थियो । 

उनीहरुका अनुसार कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्दा विश्वभर खोप उत्पादनमा तिव्रता आउने बताएको छ । अमेरिकाको समर्थनपछि विश्व स्वास्थ्य संगठनले खुशी व्यक्त गरेको छ ।

संगठनका प्रमुख डाक्टर टेड्रोस एड्हनोम गेब्रेयसिसले राष्ट्रपति बाइडनको समर्थनले कोरोना महामारीविरुद्धको लडाइमा ऐतिहासिक क्ष रहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाको समर्थनपछि अब विकासशील मुलुकमा औषधि उद्योगले आईपीको प्रयोग गरेर कोरोनाविरुद्धको खोप बनाउन सक्नेछन् ।

Last modified on 2021-05-06 11:27:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts