भारतमा कोरोना सङ्क्रमणको तेस्रो लहरका लागि तयार रहन वैज्ञानिकको चेतावनी



Download our app to get more features

एजेन्सी, २२ बैशाख । भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिएकाछन् ।  

कोभिड–१९ को वर्तमान स्थितिलाई लिएर गरिएको पत्रकार सम्मेलनमा प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले कोरोनाको तेस्रो लहरका लागि तयार रहने बताएकाहुन । उनले अहिले भारतमा फैलिरहेको कोरोना सङ्क्रमण दरलाई हेर्दा तेस्रो लहर आउने निश्चित भएको बताउँदै यो कति खतरनाक र कहिले आउँछ भन्ने चाहिँ स्पष्ट नभएको बताए । 

प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले तेस्रो लहरका लागि तयार रहन चेतावनी दिनएकाहुन् ।  कोरोनाको नयाँ ‘भेरिएन्ट’ पनि वास्तविक ‘भेरिएन्ट’ जस्तै सङ्क्रामक रहेको बताए । 

उनले कोरोना खोप अभियान कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ विरुद्ध पनि असरदार रहेको बताएकाछन् ।  उनले भने, ‘कोरोनाको नयाँ भेरिएनट भारत तथा विश्वभरि नै देखिनेछ तर जुन भेरिएन्टका कारण सङ्क्रमण बढिरहेको छ, त्यो भने कम हुनेछ ।’

भारत र विश्वभरका वैज्ञानिकले यस प्रकारको भेरिएन्ट्सले समयमा नै पहिचान गर्न र त्यसविरुद्ध उपाय अपनाउन प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले सुझाव दिएकाछन् ।  

Last modified on 2021-05-06 08:53:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts