भारतमा अक्सिजन अभावको समस्या अझै समाधान हुन सकेन, तमिलनाडूमा १० जनाको मृत्यु



Download our app to get more features

भारत, २२ वैशाख । भारतमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने बिरामीको अक्सिजन अभावका कारण मृत्यु हुने अझै जारी छ ।

विभिन्न मुलुकले कोरोना महामारीविरुद्ध लड्नका लागि भारतलाई अक्सिजनसहितका सहयोग गरेपनि भारतमा यो समस्या अझै समाधान हुन सकेको छैन । 

यसैक्रममा भारतको तमिलनाडूमा अक्सिजन अभावका कारण १९ जनाको मृत्यु भएको छ । 

तमिलनाडूको चेंगलपट्टुमा एक अस्पतालमा १० जना कोरोना संक्रमितको अक्सिजन अभावका कारण मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार चेंगलपट्टुस्थित सरकारी अस्पतालमा ५ सय कोरोना संक्रमित बिरामी भर्ना भएका छन् । 

अस्पताल स्रोतका अनुसार अस्पताल भर्ना भएका बिरामीमध्ये अधिकांश बिरामीलाई अक्सिजनको सपोर्टमा राखिएको छ । अक्सिजन पुग्न ढिलो भएपनि मंगलवार राति १० जनाको मृत्यु भएको पनि अस्पतालले जनाएको छ ।

यस्तै आन्ध्रप्रदेशको अनन्तपुरमा पनि अक्सिजन अभावका कारण ४  जनाको मृत्यु भएको छ भने कर्नाटकमा ५ जनाको अक्सिजन अभावका कारण मृत्यु भएको छ ।

भारतमा पछिल्लो समय अक्सिजन अभावकै कारण मृत्यु हुने दर बढ्दै गएको छ । 

राजधानी दिल्लीमा अक्सिजन अभाव भएपछि केन्द्र सरकारसँग राज्य सरकारले सहयोग मागेपनि त्यो आपूर्ति हुन सकेको छैन भने सर्वोच्च अदालतले पनि अक्सिजन र बेड लगायतका समस्या तत्काल समाधान गर्न आदेश दिएको छ । तर, यस विषयमा हालसम्म कुनै पनि सुनुवाई हुन सकेको छैन । जसका कारण सरकारको चौतर्फी आलोचना हुन थालेको छ ।
 

Last modified on 2021-05-05 11:48:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts