अमेरिकामा आउने सातादेखि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाइने



Download our app to get more features

एजेन्सी, २१ वैशाख । अमेरिकाले १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । 

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्ध फाइजरले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको हो ।

एफडीएले आउँदो हप्तादेखि खोप लगाउन स्वीकृति जारी गर्ने तयारी गरेको छ ।

फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो । 

खोप उत्पादक कम्पनीले मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो । सोही अनुसार अमेरिकामा किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) की निर्देशक रोशेल वालेन्स्कीले अप्रिलको सुरुमा फाइजर किशोरकिशोरीका लागि मेको मध्यसम्ममा खोप स्वीकृत गर्न सकिने बताएकी थिइन् ।

यस्तै फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ महिनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् ।

Last modified on 2021-05-04 11:01:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts