अक्सिजन अभावका कारण भारतमा मृत्यु हुने क्रम अझै रोकिएन, कर्नाटकमा २४ जनाको मृत्यु
बीबीसी, २० वैशाख । भारतको कर्नाटक राज्यमा अक्सिजन अभावका कारण २४ जनाको मृत्यु भएको छ ।
कर्नाटकको चामाराजानगर जिल्लास्थित इन्स्टीच्यूट अफ मेडिकल साइन्स अस्पतालमा कोरोना संक्रमितले समयमै अक्सिजन नपाउँदा २४ जना बिरामीको मृत्यु भएको छ ।
कलेजका डीन डाक्टर जीएम सञ्जीवले आइतबार राती १३ बजेदेखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम हुँदा उनीहरुलाई जोगाउन नसकेको बताए ।
उनले ती सबै बिरामी भेन्टिलेटरमा उपचाररत रहेको र अनेक प्रयासका बाबजुद पनि ज्यान जोगाउन नसकेको सुनाए ।
डा.सञ्जीवले भने, हामी ‘हामीलाई भेन्टिलेटरमा रहेका बिरामीका लागि हरेक ६ मिनेटमा अक्सिजन सिलिन्डरको आवश्यकता हुन्छ । तर, हामीलाई अक्सिजन आपूर्तिमा ढिलाई भयो र राती १२ देखि २ को बीचमा अक्सिजन लेभल तल झर्यो र हामीले बिरामीलाई जोगाउन सकेनौं ।’
अस्पतालमा अक्सिजनको सिलिन्डर पुग्नमा ढिलाई हुँदा यस्तो घटना भएको पनि उनले बताए ।