भारतीय स्वरुपको कोरोना भाइरस चीनमा पनि पुष्टि, हाईअलर्ट जारी



Download our app to get more features

बीबीसी, १८ वैशाख । चीनमा पनि कोरोना भाइरसको भारतीय भेरिएन्ट फेला परेको दावी गरिएको छ ।

चीनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको दावी गरेका छन् । कोरोनाको भारतीय भेरिएन्ट फेला परेपछि चीनमा हाईअलर्ट जारी गरिएको छ ।
 
कोरोना भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले भारतमा भेटिएकोले यसलाई भारतीय भेरिएन्ट पनि भन्ने गरिन्छ । भारतमा भेटिएको यो भेरिएन्टको विषयमा हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेको छैन । 
 
चीनिया सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वू जुनयूले चीनमा नयाँ भेरिएन्ट फेला परेको पुष्टि गरेका हुन् । उनले कोरोनाको यो भेरिएन्ट हालसम्म चीनका कति जनामा कोरोनाको भेरिएन्ट पुष्टि भएको छ भन्ने विषयमा भने खुलाएनन् ।

उनले चीनका केही शहरमा भारतको म्यूटेट स्ट्रेन भेटिनु चिन्ताको विषय रहेको र विभिन्न शहरमा यो भेरिएन्ट फेला परेको बताए ।
 
कोरोनाको न्यू भेरिएन्टले फेरी एक पटक महामारीको चेतावनी दिएको भन्दै उनले सबै तयारीका लागि जुट्न आग्रह गरे ।

Last modified on 2021-05-01 09:58:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts