बलिवुड अभिनेत्री करिना कपुरका पिता रणधीर कोरोना संक्रमित, अस्पताल भर्ना
भारत, १७ वैशाख । बलिवुड अभिनेता रणधीर कपुर अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमित भएपछि उनलाई मुम्बईस्थित कोकिलाबेल अस्पतालमा भर्ना गरिएको हो ।
७४ वर्षीय रणधीरको हाल स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताए छन् ।
रणधीर बलिवुड अभिनेत्री करिना कपुर र करिश्मा कपुरका पिता हुन् भने ऋषी कपुरका दाई हुन् ।
उनी कोरोना संक्रमित भएर अस्पताल भर्ना भएपछि सबै परिवार चिन्तामा छन् भने उनको शिघ्र स्वास्थ्यको लाभको कामना गरिरहेको छ ।
गत वर्ष मात्रै कपुर परिवारले ऋषि कपुर र रञ्जीत कपुरलाई गुमाइसकेको छ ।
Last modified on 2021-04-30 08:22:37