विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघ्यो
यी हुन् विश्वका ५ मुलुक जहाँ २४ घन्टामा थपिए ३० हजारभन्दा बढी सङ्क्रमित
एजेन्सी, १६ वैशाख । विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ ।
गत २४ घन्टामा थप ८ लाख ७० हजार ३ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड १ लाख ९६ हजार नाघेको हो ।
यस्तै गत २४ घन्टामा विश्वभर थप १४ हजार ७ सय ३३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ लाख ६२ हजार ९ सय नाघेको छ ।
हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १२ करोड ७७ लाख २७ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७९ हजार ४ सय ५९ जना रहेका छन् । भारतमा लगातार आठौं दिन ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै भारतमा कोरोनाका सङ्क्रमित हुनेको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ । यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ४ हजार ८ सय १२ पुगेको छ ।
भारत पछिल्लो समय कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ । दिनहुँ सङ्क्रमण दर बढ्दै गर्दा अस्पतालमा उपचार सेवा पनि प्रभावित बनेको छ । अस्पतालमा जनशक्ति अभाव, अक्सिजन अभाव, बेड अभाव हुन थालेको छ भने मृत्यु भएकाहरुको शव जलाउन ठाउँको पनि अभाव हुन थालेको छ ।
यस्तै ब्राजिलमा गत २४ घन्टामा थप ७७ हजार २ सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ४५ लाख २३ हजार ८ सय ७ पुगेको छ । भारतपछि ब्राजिलमा सबैभन्दा धेरै ३ हजार १९ जनाको गत २४ घन्टामा मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ३ सय ४३ पुगेको छ । ब्राजिलमा कोरोनाका कारण दोस्रो सबैभन्दा धेरैको मृत्यु भएको छ ।
कोरोना माहामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा भने गत २४ घन्टामा ५६ हजार ६ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ३ करोड २९ लाख ८३ हजार ६ सय ९५ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ९ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ८८ हजार ३ सय ३७ पुगेको छ ।
यस्तै टर्कीमा गत २४ घन्टामा ४० हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै टर्कीमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४७ लाख ५१ हजार २६ पुगेको छ । टर्कीमा गत २४ घन्टामा थप ३ सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै टर्कीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार ३ सय ९८ पुगेको छ ।
यस्तै फ्रान्समा गत २४ घन्टामा ३१ हजार ५ सय ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै फ्रान्समा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ५५ लाख ६५ हजार ८ सय ५२ पुगेको छ । गत २४ घन्टामा थप ३ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार ९ सय १८ पुगेको छ ।