भारतको छत्तिसगढमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन
एजेन्सी, १३ बैशाख । भारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ ।
उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताएकाछन् । कोरोना सङ्क्रमित धेरै भएसँगै भारतका विभिन्न राज्यमा अक्सिजन अभाव भइरहँदा छत्तिसगढ राज्यले भने अरु राज्यमा समेत आपूर्ति गरिरहेको हो ।
छतिसगढका विभिन्न २९ संयन्त्रमार्फत अक्सिजन उत्पादन भइरहेको छ । भारतमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण हरेक दिन विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा साढे ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजन अभावमा धेरै व्यक्तिले ज्यान गुमाएका छन् ।