इराकको कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको मृत्यु



Download our app to get more features

बीबीसी, १२ बैशाख । इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न  निर्देशन दिनएकाछन् ।  

Last modified on 2021-04-25 14:42:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts