भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, बायोटेकले निर्धारण गर्यो "कोभ्याक्सिन"को मूल्य



Download our app to get more features

भारत, १२ वैशाख । भारतको बायोटेकले विकास गरेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ को मूल्य निर्धारण गरिएको छ । 

कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ का लागि केन्द्र र राज्य सरकारका लागि फरक फरक मूल्य निर्धारण गरिएको हो । 

भारत बायोटेकले ‘कोभ्याक्सिन’ को मूल्य १ हजार २ सयदेखि ६ सय रुपैयाँसम्म तिर्नुपर्ने बताएको छ ।

शनिवार बसेको बायोटेकको बैठकले ‘कोभ्याक्सिन’ खोप निजी अस्पतालका लागि १ हजार २ सय, राज्य सरकारका लागि ६ सय र केन्द्र सरकारका लागि १ सय ५० रुपैयाँ तोकेको हो ।

भारतमा कोरोनाविरुद्धको खोपको मूल्यलाई लिएर बहस भइरहेको बेला बायोटेकले खोपको मूल्य तय गरेको छ । 

यसअघि भारतकै सिरम इन्स्टिच्यूटले विकास गरेको ‘कोभिशिल्ड’ खोपको मूल्यलाई लिएर महँगो भएको भन्दै बहस भएको थियो । ‘कोभिशिल्ड’ खोपको मूल्य निजी अस्पतालका लागि ६ सय र राज्य सरकारका लागि ४ सय तोकिएको छ । 

बायोटेकले आफूले विकास गरेको ‘कोभ्याक्सिन’ अन्य खोपभन्दा बढी प्रभावित रहेको दावी गरेको छ । 

भारतमा मे १ देखि तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । जसका लागि ‘कोभ्याक्सिन’ प्रयोग गर्ने तयारी हुँदैछ । 

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म झन्डै १ करोडभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तरपनि भारतमा कोरोनाका कारण सङ्क्रमित हुने दर रोकिएको छैन । 

दिनकै ३ लाखभन्दा बढी सङ्क्रमित थपिँदै जादा भारतमा अवस्था नियन्त्रण बाहिर गएको भन्दै सरकारको आलोचना हुन थालेको छ । गत २४ घन्टामा मात्रै भारतमा ३ लाख ४९ हजार ३ सय १३ नयाँ सङ्क्रमित थपिएका छन् भने २ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ ।

देशभर नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १६ करोड ९५ लाख १ हजार ६९ पुगेको छ भने १९ लाख २ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

Last modified on 2021-04-25 12:07:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts