नेशनल बाथरोग सेन्टरद्वारा बुटवलमा पनि सेवा विस्तार



Download our app to get more features

काठमाडौं, ११ वैशाख । नेशनल बाथरोग सेन्टरले बुटवलमा आफ्नो सेवा विस्तार गरेको छ ।

सेन्टरले शुक्रवार एक कार्यक्रमकाबीच ग्लोरियस हेल्थ केयरसँग सहकार्य गर्दै पुष्पलाल चोकमा आफ्नो सेवा विस्तार गर्दै शाखाको उद्घाटन गरेको हो ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले पश्चिम भेगका बाथरोगीहरुका लागि सहज पहुँच होस् भन्ने उदेश्यकले शाखा विस्तार गरी ओपिडी सेवा सुचारु गरिएको बताए ।

सेन्टरका बाथरोग विशेषज्ञ डा.विनित वैद्यले बाथरोगको उपचार काठमाडौंमा मात्रै नभई नेपालभर फैलाउने र बाथरोग सम्बन्धी दक्ष जनशक्तिको देशभर विकेन्द्रीकरण गर्ने उदेश्यका साथ सेवा विस्तार गरिएको बताए । 

यस्तै ग्लोरियस हेल्थ केयरका प्रबन्ध निर्देशक होम बहादुर पल्लीले सुलभ र गुणस्तरीय रुपमा शाखा सञ्चालन गरेर सेवाग्राहीलाई सेवा प्रदान गरिने प्रतिवद्धता जनाएका थिए ।

Last modified on 2021-04-24 09:19:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts