जनसन एण्ड जनसनको खोप पुनः प्रयोगमा ल्याउन अमेरिकी स्वास्थ्य विज्ञहरुको सिफारिस
एजेन्सी, ११ वैशाख । अमेरिकी स्वास्थ्य विज्ञहरुले जनसन एण्ड जनसनको खोप पुनः प्रयोगमा ल्याउन सिफारिस गरेको छ ।
अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले जनसन एण्ड जनसनले विकास गरेको कोरोनाविरुद्धको खोपलाई पुनः प्रयोग गर्न सकिने भन्दै सिफारिस गरेको हो ।
शुक्रवार बसकेको केन्द्रको बैठकले खोपको केही गम्भीर समस्या देखिएपनि त्यसको फाइदाले कोरोनाविरुद्धको लडाईमा सहयोग पुग्ने भएकाले यसलाई प्रयोगमा ल्याउन सकिने बताएको हो ।
यसअघि, जनसन एण्ड जोनसोनले विकास गरेको कोरोनाविरुद्धको खोप लगाएकाहरुमा रगतको ढिक्का बन्ने समस्या देखिएपछि रोक लगाइएको थियो । तर, खोपकै कारण रगतको ढिक्का जमेको भन्ने विषयमा हालसम्म प्रमाणित नभएका कारण यसको प्रयोग गर्न सकिने पनि विज्ञहरुले बताएका छन् ।
Last modified on 2021-04-24 08:55:42