भारतका साहित्यकार डा. कोहलीको कोरोना संक्रमणबाट निधन
एजेन्सी, ५ बैशाख । हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।
कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।
उनी सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो ।
कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतले दुःख व्यक्त गरेका छन् ।