भारत फेरी बन्यो कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक
भारत, ३१ चैत । भारत कोरोना संक्रमणका कारण फेरि विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमित थपिने दर तीव्र गतिमा बढ्दै गएको छ । दैनिक औसतमा १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिने क्रम बढेसँगै भारत फेरि कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ ।
यसअघि ब्राजिलमा दैनिक संक्रमित थपिने दर बढेपछि विश्वकै दोस्रो प्रभावित मुलुक बनेको थियो । कोरोना संक्रमणका कारण ब्राजिलमा भने मृत्युदर भारतको भन्दा बढी भएपनि संक्रमित दर भने भारतको बढी छ ।
गत २४ घन्टामा मात्रै भारतमा १ लाख ६० हजार ६ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ८० जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेदर १ प्रतिशत पुगेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड २२ लाख ५० हजार ४ सय ४० जना स्वस्थ भएका छन् । योदर कुल संक्रमितको ९९ प्रतिशत हो ।
भारतको महाराष्ट्र कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो भने भारतका विभिन्न शहरमा रात्रीकालिन कर्फ्यू लगाइएको छ भने विभिन्न प्रतिबन्धात्मक नियमहरु पनि लागू गरिएको छ ।