चीनले विकास गरेको कोरोना खोपको प्रभावकारीता कमः चिनियाँ वैज्ञानिक फू



Download our app to get more features

बीबीसी, ३१ चैत । विश्व महामारी बनेको कोरोना भाइरसविरुद्धको चिनीयाँ खोप खासै प्रभावकारी नभएको पाइएको छ ।

चीनका शीर्ष रोग नियन्त्रण अधिकारी गाओ फूले चीनले विकास गरेको कोरोनाविरुद्धको खोपको प्रभावकारिता कमजोर बताएको बताएका छन् ।

पत्रकार सम्मेलनका क्रममा उनले कोरोना महामारीसँगको लडाईमा चीनले विभिन्न प्रकारका कोरोना खोपको विकास गरेको र मानिसहरुलाई लगाइरहेको तर त्यसको प्रभावकारिता भने कमजोर रहेको बताए । 

उनले कोरोनाविरुद्धको लडाईमा एउटै खोपको प्रभावकारिता कम देखिएकाले विभिन्न खोपलाई मिसाएर लगाउने विषयमा विचार भइरहेको बताए । 

चीनले पछिल्लो समय कोरोना विरुद्धको खोपको सार्वजनिक र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर, चीनबाहेकका बाहिरी मुलुकमा यसको प्रभावकारिता कम रहेको पाइएको छ ।
 
चीनमा हालसम्म १० करोडभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।

चीनले विकास गरेको कोरोनाविरुद्धको खोपको विषयमा विश्व स्वास्थ्य संगठनले पनि परीक्षण गरिरहेको छ । 

सोमवार संगठनको नियमित कोभिड १९ मिडिया ब्रिफिंगको क्रममा संगठनकी प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले चीनमा विकास भएका कोरोना विरुद्धको खोपलाई डब्लूएचओले कुनैपनि अनुमति नदिएको र त्यसको प्रभावकारिताको विषयमा थप अनुसन्धान भइरहेको बताइन् ।

उनले चीनले विकास गरेको कोरोनाविरुद्धको खोप र अन्य मुलुकमा विकास भएका कोरोनाविरुद्धको खोप समान प्रभावकारिता भए नभएको विषयमा अनुसन्धान भइरहेको पनि उल्लेख गरिन् ।

Last modified on 2021-04-14 09:07:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts