कोरोनाको न्यू भेरिएन्टले युुवा र बालबालिका बढी प्रभावित, मृत्युदर बढेकोमा डब्लूएचओ चिन्तित



Download our app to get more features

एजेन्सी, ३१ चैत । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना सङ्क्रमणका कारण मृत्यु हुने दर बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

सोमवार कोभिड–१९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्गको क्रममा संगठनले पछिल्लो एक महिनादेखि विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने दर बढेकोमा चिन्ता व्यक्त गरेको हो ।

संगठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेबे्रयससले विश्वभर कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको र अहिले युवाहरु यसबाट बढी प्रभावित भएकोमा चिन्ता व्यक्त गरे ।

उनले गत ४ हप्तामा विश्वभर कोरोना सङ्क्रमणका कारण ४ गुणाले मानिसहरु सङ्क्रमित हुन थालेको र दोस्रो लहरबाट ४० देखि ५० वर्ष उमेर समूहका मानिसहरु गम्भीर बिरामी हुन थालेको बताए ।

डा. टेड्रोसले ब्राजिल, भारत लगायतका मुलुकहरुमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको र उपचार अभावमा बिरामीहरुको मृत्यु हुन थालेको पनि उल्लेख गरे ।

उनले कोरोना महामारी फ्लू नभएको र यसबारे हालसम्मपनि ठोस नतिजा प्राप्त नभएकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्न पनि सबैलाई आग्रह गरे । 

हाल देखिएको कोरोनाको न्यू भेरिएन्टका कारण युवा र बालबालिका बढी प्रभावित हुने गरेको र मृत्युदर पनि बढेकाले वेवास्ता नगर्न पनि सबैलाई उनले आग्रह गरे ।

उनले भने, ‘कोरोनाको न्यू भेरिएन्टले युवा पुस्ता, बालबालिका र स्वस्थ मानिसहरुको मृत्यु हुने क्रम बढेको छ । जुन चिन्ताको विषय हो । कोरोना भाइरसबारे हालसम्म पनि ठोस नतिजा प्राप्त नभएकाले हाल विभिन्न मुलुकमा लकडाउन र कडाइ गर्न थालिएको छ । तर, नागरिक स्वयं आफ्नो स्वास्थ्यप्रति सावधान र सचेत हुन आवश्यक छ । अन्यथा यसले भयावह रुप लिन सक्छ ।’

कोरोना विरुद्धको खोपको प्रसंगमा उनले हालसम्म विश्वभर ७ सय ८० मिलियन खोप आपूर्ति गरिएको र अफ्रिकी मुलुकहरुमा खोपको सबैभन्दा बढी आवश्यकता रहेको बताए । उनले अफ्रिकि मुलुकमा खोप आपूर्तिको विषयमा कोभ्याक्स र अन्य खोप निर्माता उद्योगहरुसँग छलफल भइरहेको पनि बताए ।

Last modified on 2021-04-14 09:07:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts