भारतमा एकै दिन थपिए १ लाख ७० हजार कोरोना संक्रमित



Download our app to get more features

एजेन्सी, ३० चैत । भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो चौविस घण्टामा देशभर एक लाख ६९ हजार ९१४ जनामा संक्रमण देखिएको हो । यो एकै दिन सबैभन्दा बढी संक्रमण भएको अहिलेसम्मकै बढी हो । यसअघि आइतबार देशभर १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पछिल्लो चौविस घण्टामा मृत्युको संख्याले पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार एकै दिन ९०४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

यो पछिल्लो छ महिना यताकै एकै दिन सबैभन्दा बढी ज्यान गुमाएको संख्या हो । गत १७ अक्टोबरमा एकै दिन १ हजार ३२ जनाको ज्यान गएको थियो ।

पछिल्लो रिपोर्टसंगै देशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १२ लाखको आसपासमा पुगेको छ । पछिल्लो दिनमा मात्रै थप ९३ हजार ५९० जना सक्रिय संक्रमित बृद्धि भएको छ । सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts